काडमाडौँ । डोटीको केआईसिंह गाउँपालिका–४ चैनकेसैन गाउँमा आएका एक बालकमा दादुराको सङ्क्रमण देखिएपछि स्वास्थ्य संस्थाले अन्य सङ्क्रमितको खोजी गर्न थालेको छ ।
दादुरा सङ्क्रमित बालक भेटिएपछि अन्य बालबालिकामा पनि सरेको हुन सक्ने आशङ्कामा वडा तथा गाउँभरीमा निगरानी थालिएको दुर्गामाण्डौ स्वास्थ्य चौकीले जनाएको हो ।
कैलालीको गौरीगंगाका १८ महिने बालक डोटीमा रहेका आफन्तको घरमा आएका र उनमा दादुराको लक्षण देखिएको स्वास्थ्य चौकीले जनाएको छ ।
पुस २९ गते बालकको रगत नमुना परीक्षणका लागि धनगढी पठाइएकोमा आइतवार दादुरा पुष्टि भएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवीन माझीले बता०का छन् ।