Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण जोखिम

नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण जोखिम

काठमाडौँ । नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण जोखिम बढेको छ ।

अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण मुख्यगरी सुँगुर – बङ्गुरमा हुने गरेको छ । काठमाडौँ, कास्की, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट केही सुँगुर–बङ्गुर मरेका छन् ।

ती जिल्लामा सङ्क्रमण देखिएपछि रोकथामका उपाय अपनाउन थालिएको छ । यस्तै छिमेकी जिल्लामा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि व्यावसायिक किसानलाई जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ ।

सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले जानकारी दिनुभयो । सुँगुर–बङ्गुर काटेमा मासु चिस्यान केन्द्रमा राख्न समेत आग्रह गरिएको छ । अफ्रिकन स्वाइन फिभरले मान्छेमा असर गरेको भने पाइएको छैन । सुँगुर–बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको खास उपचार विधि नरहेको पशु विज्ञले बताएका छन् ।

यो रोगको पूर्ण उपचार नभए पनि ६–६ महिनामा सुँगुर–बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिन्छ ।