Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माधव कुमार नेपाल अस्पताल भर्ना

माधव कुमार नेपाल अस्पताल भर्ना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि अध्यक्ष नेपाल आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्।