Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टर्कीको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु,८० जनाभन्दा धेरै घाइते

टर्कीको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु,८० जनाभन्दा धेरै घाइते

काठमाडौँ । टर्कीको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्युमा विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण थाहा हुन नसकेको जनाएको छ । इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ ।

छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका सञ्चार निर्देशकले जानकारी दिका बीबीसीले जनाएको छ ।