Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेङ्गु संक्रमण पुष्टि,स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने विषयमा छलफल

मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेङ्गु संक्रमण पुष्टि,स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने विषयमा छलफल

काठमाडौँ । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

दुई जिल्लबाहेक सबै जिल्लामा डेङ्गुको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा छलफल चलेको छ ।

नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहाले बताए।

काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु संक्रमित पुष्टि भएको छ। गएको जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गुले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ।