Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण

माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

हिजो गरिएको परीक्षणमा उहाँलाई कोरोना सङ्क्रमण देखिएको हो। अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम गरिरहेका एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले बताएकी छन् ।

सङ्क्रमण पुष्टि भएसँगै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।