Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं उपत्यकामा हैजा संक्रमित बालबालिकाको संख्या सात पुग्यो

काठमाडौं उपत्यकामा हैजा संक्रमित बालबालिकाको संख्या सात पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमित बालबालिकाको संख्या सात पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म संक्रमित ४५ मध्ये १४ वर्षमुनिका सातजना छन् । उनीहरू काठमाडौं महानगरपालिका र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाका बालबालिका हुन् ।

हिजो थप तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । योसँगै यो वर्ष देशभर हैजा संक्रमितको संख्या ४५ पुगेको हो ।

महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १९ जनामा हैजा पुष्टि भएको छ । यस्तै, ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ ।

भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक÷एकजनामा हैजा देखिएको छ ।

हालसम्म परीक्षण गरिएका धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्र पिउन महाशाखाले अनुरोध गरेको छ ।