Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इलाममा भाइरल ज्वरोका बिरामीको चाप बढ्दै

इलाममा भाइरल ज्वरोका बिरामीको चाप बढ्दै

काठमाडौँ । इलाममा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो ।

इलाम अस्पतालसहित फिक्कल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भिड लाग्ने गरेको छ ।

साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ ।

बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ । अस्पतालमा शय्या अभाव हुँदा बिरामीलाई भुइँमा राखेरसमेत उपचार गराइँदै आएको छ ।