Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मूद्वारा शपथ ग्रहण

भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मूद्वारा शपथ ग्रहण

काठमाडौँ । भारतको १५ औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गरेकी छन् ।

द्रौपदी मुर्मूलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ खुवाएका हुन् । मुर्मू आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बनेकी छन् ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।

उनले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी छन् । पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाएकी थिइन् ।