Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे

काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिएका छन्

आज भएको चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिएका हुन् । उनका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गरे । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।

राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि आग्रह गरे । भोलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उनको भनाई छ ।

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।