Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा नाईराेबी फ्लाई बढ्दै, यसबाट कसरी बच्ने ?

नेपालमा नाईराेबी फ्लाई बढ्दै, यसबाट कसरी बच्ने ?

काठमाडौँ । पछिल्लो समय नाईरोबी फ्लाईका विरामी बढ्न थालेका छन् । नाईबेरी फ्लाईको संक्रमण बढेपनि सरकाले भने त्यसमा आसै ध्यान दिएको छैन । झापा र इलामका केही ठाउँमा नाइरोबी फ्लाईका कारण भएको संक्रमणको पहिचानमा ढिलाइ भएको छ । शरीरका विभिन्न भागमा घाउ बोकेर अस्पताल जानेको संख्या बढे पनि सम्बन्धित निकायले के कारणले भएको हो भन्ने अझै पहिचान गर्न सकेको छैन । उपचारमा संलग्न चिकित्सकहरूले नाइरोबी फ्लाईकै संक्रमणका कारण शरीरभरि घाउ भएको बताए पनि यसको आधिकारिक पुष्टि गर्ने निकाय अझै मौन छ ।

करिब एक सातायता झापाका दमक, बिर्तामोड, अर्जुनधारा, मेचीनगर र इलामका केही ठाउँमा नाइरोबी किराकै कारण संक्रमण भएर अस्पताल आउनेको संख्या बढेको छ ।नाइरोबी फ्लाईका कारण हुने संक्रमण मौसमी भएका कारण संवेदनशील नभएको स्वास्थ्य कार्यालय झापाको भनाई छ ।

यद्यपि, उपचारमा संलग्न चिकित्सकहरू भने नाइरोबी फ्लाईकै कारण पछिल्लो समय दैनिक ४५–५० जना बिरामी अस्पताल आउने गरेको बताउछन् । पछिल्लो समय भएको भारी वर्षापछि यसको फैलावट भएको हुन सक्ने डाक्टरहरुको भनाइ छ । नाइरोबीका कारण शरीरका जोर्नीहरूमा धेरैजसो घाउ देखिने गरेको छ । नाइरोबीका कारण किरा बसेको भाग रातो हुने, पोल्ने, फोका उठ्ने, फुट्ने र थप संक्रमण हुने गर्दछ ।

भारतको सिक्किममा समेत नाइरोबी फ्लाईका कारण मानिसमा संक्रमण बढेको खबर आएका कारण काँकडभिट्टा नाकाबाट नेपाल भित्रिनेलाई समेत कडाइ गर्न थालिएको छ । नाइरोबी फ्लाईको संक्रमण हो कि हैन भनेर पहिचान गर्न ढिला भए पनि अस्पतालमा यसकै कारण शरीरभरि घाउ भएर आउने बिरामीको संख्या बढेको छ । दमक अस्पतालमा दैनिक ५० जनासम्म शंकास्पद बिरामी आइरहेको दमक अस्पतालका छालारोग विशेषज्ञको भनाई छ । पछिल्लो केही दिनयता मेची अस्पतालमा समेत शंकास्पद बिरामी अइरहेको मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाह्रकोटीको भनाई छ ।

नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन‚ तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्रर्यागन बग’ पनि भनिन्छ । यो किराले गराउने एलर्जी हरेक वर्षाको समयमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । यो किराले टोक्दैन । यदि यो किरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षणहरू देखाउन थाल्छ । लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् ।

यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जान्छ । तर‚धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ ।कन्याउँदा दाग र खत बस्न सक्छ ।किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले लक्षणहरू देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यो किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ । साथै सिक्किम लगायत पूर्वी नेपाल तथा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा यो देखिएको छ । चिकित्सकहरुका अनुसार धेरै बिरामीहरू यसलाई जनै खटिरा, मंकीपक्सको लक्षण हो भनेर झुक्किने गरेका छन् ।

– जनै खटिराजस्तो फोका आउने

– ठूलो खालको पानी फोका आउने

– पीप फोका आउने

– छाला रातो हुने

– पोल्ने

– रातो दाबर तथा बिमिरा आउने

– रातो धर्सेखालको एलर्जी हुने

चिकित्सकहरूका अनुसार यो दुईवटा छाला जोडिएको भाग जस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोकाहरु निक्लन सक्दछ । नाइरोबी फ्लाईले गराउने लक्षण कपालमा लगाउने कलरको कमेकिल, घामको विकीरण, जनै खटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुन सक्ने हुन्छ । यसबाट बच्न – फूल बाहुले लुगा लगाउने ।

– झूल लगाएर सुत्ने

– सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने

– फोहोरमैला हुन नदिने

– पोलेमा चिसो आइसले सेक्ने

– धेरै नै दुःख दिएमा नजिकको स्वास्थ्यसंस्था सँग सम्पर्क गर्ने गर्नु पर्छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/436802268301501