Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन

गोली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन

काठमाडौँ । गोली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।

आज बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो। उनको उपचारको क्रममा निधन भएको हो।

प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै निन्दा गरेका छन्।

प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। संदिग्ध व्यक्ति तेत्सुया यामागामीलाई उद्धृत गर्दै पुलिसले आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएको छ।