Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इटलीका पाँच वटा क्षेत्रमा खडेरीका कारण आपत्कालीन अवस्थाको घोषणा

इटलीका पाँच वटा क्षेत्रमा खडेरीका कारण आपत्कालीन अवस्थाको घोषणा

काठमाडौँ । इटलीका पाँच वटा क्षेत्रमा खडेरीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

इमिलिया–रोमाग्ना, फ्रिउली–भेनेजिया जिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा आपत्काल घोषणा गरिएको हो । यो उपत्यकालाई आवश्यक आपत्कालीन कोषको समेत घोषणा गरिएको छ ।

यो क्षेत्र इटलीको कृषि उत्पादनको झन्डै एक तिहाइ हो र ७० वर्षको सबैभन्दा खराब खडेरीबाट ग्रस्त बनेको छ ।

इटलीले यो वर्ष असामान्य गर्मीको लहर र खडेरीको सामना गरिरहेको छ । वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रभावित नागरिकलाई राहत र सहायता प्रदान गर्नु आपत्कालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ ।