Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर ५३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार १ सय २० जनामा गरिएको परीक्षणमा ५३ जना संक्रमित भेटिएका हुन्।

आज २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ सय ३३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा २ सय १५ जना सक्रिय संक्रमित रहेका छन्।

हाल देशभर ४ जना संक्रमित आइसियू र एकजना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।