Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यकामा १७ जनामा हैजा पुष्टि

उपत्यकामा १७ जनामा हैजा पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि उपत्यकामा १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो ।

उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ ।त्यसैले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा स्वस्थ खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ ।

उनले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गरेका छन् । यस्तै, खुला ठाउँमा दिसापिसाब नगर्न पनि डाक्टर अधिकारीको आग्रह छ।