काठमाडौँ । रुसमा भएको सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको हो ।
परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ । जहाज कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरुले जनाएका छन् ।
सो दुर्घटनामा परेर घाइते भएका उडान दलका ५ जना सदस्यहरुलाई अस्पताल पुर्याइएको छ ।