काठमाडौं । काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ ।
स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि समितिले काम गर्ने अधिकारीको भनाई छ ।
काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ । ल्याब रिपोर्ट आउन बाँकी छ ।