काठमाडौं । बेलायतले नेपाली नर्स लाने भएपछि नेपालि नर्समा स्वममा सन्तुष्टि सन्तुष्टि छाएको छ । नर्सिङ डिप्लोमा, नर्सिङ स्नातक , नर्सिङ मा मास्टर गरेकाहरुले
OET -CBT गरेपछि मौका पाउने छन । OET (व्यावसायिक अंग्रेजी परीक्षण) स्वास्थ्य सेवा पेशेवरहरूको लागि डिजाइन गरिएको अंग्रेजी भाषा मूल्याङ्कन परीक्षण हो, जुन सुरुमा अस्ट्रेलिया र न्यूजील्याण्ड जस्ता देशहरूको लागि सिर्जना गरिएको थियो। यद्यपि, नोभेम्बर
२०१७ मा, नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल
(NMC UK ) ले यो मूल्याङ्कनलाई बेलायतमा दर्ताका लागि मान्य भनी मान्यता दिन थाल्यो। अष्ट्रेलिया, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, माल्टा, नामिबिया, न्युजिल्यान्ड, फिलिपिन्स, कतार, सिंगापुर, स्पेन, युक्रेन, युरोपेली देशहरू, युनाइटेड किंगडम, संयुक्त अरब इमिरेट्स र संयुक्त राज्यमा स्वास्थ्य सेवा क्षेत्रमा काम गर्न वा अध्ययन गर्न खोज्ने योग्य स्वास्थ्यकर्मीहरू मात्र अमेरिकाका राज्यहरू का लागि
OET को आवेदन दिन आवश्यक छ विदेशमा नर्सिङ, विदेशी सरकार गृह मामिला विभागले दक्ष आप्रवासन र विद्यार्थी भिसा सहित विभिन्न भिसा नर्सहरुको लागि OET लाई मान्यता दिन्छ।
कम्प्युटर आधारित परीक्षण (CBT) नर्सहरू र मिडवाइफहरूका लागि योग्यता परीक्षणको मापदण्ड हो । UK नुर्सिंङ्लाइसेन्स परीक्षा दर्ता प्राप्त गर्न चाहनेले UK नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (NMC) द्वारा निर्धारित योग्यताको परीक्षा पास गर्न आवश्यक छ।
नर्सिङमा क्यारियरको लागि उत्तम देशहरू:
न्यूजील्याण्ड स्वास्थ्य सेवा प्रणाली राज्य, युके, आयरल्याण्ड कोष र निजी हेरचाह (होम केयर
) NHS अस्पतालहरू दुबै मा नर्सिङ उपलब्ध छ । त्यस्तै अस्ट्रेलिया, डेनमार्क, संयुक्तराज्य अमेरिका, क्यानाडा आदिमा नर्सिङ उपलब्ध छ ।
UK को लागि बेलायत सरकार र नेपाल सरकारका प्रतिधिनि सम्मिलित कार्यदलले बेलायतमा नर्स पठाउने गरी श्रम समझदारीको
Modality तयार पारिसकेको छ ।
केही दिनभित्रै उक्त श्रम समझदारीमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलो चरणमा तत्काल २ हजार नर्स बेलायत पठाउने गरी श्रम सम्झौतामा दुईपक्षीय श्रम समझदारीमा हस्ताक्षर हुँदैछ भनिन्छ ।
यो समझदारी भएपछि चरणबद्ध रूपमा बेलायतमा नर्स जान थाल्नेछन् नेपालमा नर्स उत्पादन धेरै छ र नेपाल सरकारले आवश्यक व्यवस्थापन गर्न नसकेको स्थिति छ भने अर्को तिर नेपाली जनताले स्वास्थ्य सेवामा नर्सको अभाव महसुश गरीरहेको अबस्था छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपाल र विदेशमा अध्ययन गरेर हरेक वर्ष ८ हजारको संख्यामा नयाँ नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति थपिन्छन् ।
यतिका संख्यामा वार्षिक जनशक्ति तयार हुँदापनि नेपालका निजी तथा सरकारी अस्पताल, हेल्थपोस्ट, जिल्लाअस्पतालका लागि नर्स नै पाइएन भन्ने गुनासो छ । यो सम्झौता भएर बेलायतले नेपाली नर्स लान थालेसँगै एकपटक नेपालमा बेरोजगार भएर बसेका नर्सहरुको लागि राहत हुने छ ।
लाखौं खर्च गरेर पढेका नर्सहरूलाई न्यून तलबमा खट्नु छ तर पनि काम बिना बस्नु परेको गुनासा धेरै छन। सरकारले यो कुरालाई पुनरावलोकन नगर्ने हो भने नर्सिङ जनशक्ति विदेश पलायन हुने शंख्या बड्ने छ तर रेमिटन्समा भने वृद्धि हुने देखिन्छ।
भक्त बहादुर के.सी