Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दिउँसोको समयमा साउदीमा श्रमिकलाई बाहिर घाममा काम लगाउन प्रतिबन्ध

दिउँसोको समयमा साउदीमा श्रमिकलाई बाहिर घाममा काम लगाउन प्रतिबन्ध

काठमाडौं । अत्याधिक गर्मी बढेपछि साउदीले दिउँसोको समयमा खुला क्षेत्रमा काम लगाउन प्रतिबन्ध लगाएको छ ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले भोलि अर्थात् १५ जुन देखि आउँदो सेप्टेम्बर १५ सम्म दिउँसोको १२ बजेदेखि ३ बजेसम्म कुनै पनि रोजगारदाताले श्रमिकलाई बाहिर घाममा गर्नु पर्ने काम लगाउन नपाउने जनाएको छ ।

प्रतिबन्ध लगाएको समयमा घाममा बाहिर काम लगाएमा रोजगारदातालाई कारबाही हुने छ । मन्त्रालयको यो निर्देशन विपरीत कुनै पनि रोजगारदाताले आफूलाई बाहिर घाममा काम गर्न बाध्य पारिएमा मन्त्रालयमा १९९११ नम्बरमा सम्पर्क गरेर गुनासो टिपाउन सक्ने व्यवस्था समेत गरिएको छ ।