काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ ।
दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् ।
यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ ।
इजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोडर्ना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।