Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पब्जी खेल्न नपाएपछि १६ वर्षका बालकले गरे आफ्नै आमाको हत्या

पब्जी खेल्न नपाएपछि १६ वर्षका बालकले गरे आफ्नै आमाको हत्या

काठमाडौँ । अनलाइन गेम पब्जीको लतको सिकार भएका एक १६ वर्षका बालकले आफ्नो आमाको गोली हानी हत्या गरेका छन् ।

भारतको लखनउस्थित यमुनापुरको एक कोलोनीमा यो घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

लखनउस्थित यमुनापुर कोलोनीमा हत्या भएकी महिला आफ्ना २ सन्तानसँग बस्दै आएकी थिइन् । उनको श्रीमान् जूनियर कमीसन्ड अफिसरको पोस्टमा पश्चिम बङ्गालमा काम गरिरहेका छन् ।

प्रहरीकाअनुसार १६ वर्षको बालकले आफ्नी आमाले पब्जी खेल्न नदिएको भन्दै शनिवार बुबाको लाइसेन्सले घरमा रहेको गोली चलाएर आमाको हत्या गरेको र सोमवारसम्म शवघरमा लुकाएको स्वीकार गरेका छन् ।