काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई ९८ दिन सुत्केरी बिदा दिने प्रावधान कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले सार्वजनिक आह्वान गर्दै विभिन्न निजी, सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको बिदा दिन अनुरोध गरिएको छ ।
सुत्केरी बिदा नदिएको गुनासो आएपछि मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को बिदा सम्बन्धी प्रावधान स्मरण गराएको छ ।
