Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

काठमाडौँ । भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

२८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा चालक र सहचालकसहित ३० जना रहेका अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ ।