Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बंगलादेशमा रासायनिक कन्टेनर डिपोमा आगलागीमा ४० जनाको मृत्यु,४५० भन्दा बढी घाइते

बंगलादेशमा रासायनिक कन्टेनर डिपोमा आगलागीमा ४० जनाको मृत्यु,४५० भन्दा बढी घाइते

काठमाडौँ । दक्षिणपूर्वी बंगलादेशको एक निजी रासायनिक कन्टेनर डिपोमा शनिबार राति भएको भीषण आगलागीमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । यस्तै ४५० भन्दा बढी घाइते भएका छन्।

चटगाउँको सीताकुण्ड उपजिल्लाको कदमरासुल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा शनिबार राति आगलागी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इस्लामले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका व्यक्त गरे। प्रधानमन्त्री शेख हसिनाले उक्त घटनाप्रति दुःख व्यक्त गरेकी छन्। घटनाको छानबिन गर्न अधिकारीले उच्चस्तरीय छानबिन समिति गठन गरी आगामी तीन दिनभित्र प्रतिवेदन बुझाउन आदेश दिएका छन्।