Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने

श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने

काठमाडौँ । श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने भएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले वृक्षारोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिएका हुन् ।

श्रीलङ्काले केही महिनामा खाद्यान्नको चर्को अभाव सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गर्दै सरकारी अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

वृक्षारोपण कम्पनीहरूसँग ९ हजार हेक्टरभन्दा बढी खेती नगरिएको जमिन रहेको छ । श्रीलङ्काले सन् २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको छ ।