Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेसबुककी सीओओ शेरिल स्याण्डबर्गद्वारा राजीनामा

फेसबुककी सीओओ शेरिल स्याण्डबर्गद्वारा राजीनामा

काठमाडौं । विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत शेरिल स्याण्डबर्गले पदबाट राजीनामा दिएकी छिन् ।

पछिल्लो १४ वर्षदेखि उक्त पदमा रहेकी शेरिलले बुधबार राजीनामाको घोषणा गरेकी हुन् । एक फेसबुक पोस्ट मार्फत उनले अब जीवनको नयाँ अध्यायको समय आएको बताएकी छिन् ।

शेरिल स्याण्डबर्ग फेसबुक स्थापना भएको ४ वर्षपछि सन् २००८ मा कम्पनीसँग जोडिएकी थिइन् । आफ्नो लामो कार्यकालमा उनले फेसबुकको डिजिटल विज्ञापन व्यवसायलाई निकै उत्कृष्ट ढंगले सम्हालिन् र कम्पनीलाई नयाँ उचाइँमा पुर्‍याइन् ।

फेसबुकलाई १०० अर्ब डलरको कम्पनीसम्म पूराउनका लागि उनले अहम भूमिका खेलेकी थिइन् । सोही कारण उनी फेसबुक सीईओ मार्क जुकरबर्गपछि कम्पनीमा दोश्रो वरिष्ठ अधिकारीको रुपमा कार्यरत थिइन् ।

मेटाको सिओओ पदबाट राजीनामा दिएपनि कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको सदस्यको रुपमा भने काम गरिरहने ५२ वर्षकी स्याण्डबर्गले बताएकी छिन् ।