काठमाडौँ । मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्ती डुबानमा पर्दा ११ जनाको मृत्यु भएको छ।
आँधीमा परी कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अमेरिकी ‘नेसनल हरिकेन सेन्टरका अनुसार आँधी सोमबार मेक्सिकोको प्रशान्त किनारबाट सुरू भएको थियो। सन् १९४९ मा रेकर्ड राख्न सुरू गरिएपछि आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ।
हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा भौतिक क्षति भएको मौसमविद्ले बताएका छन्।