Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आर्थिक संकटपछि श्रीलंकामा खाद्य संकटको बढ्ने भन्दै किसानलाई रोपाइँ गर्न आग्रह

आर्थिक संकटपछि श्रीलंकामा खाद्य संकटको बढ्ने भन्दै किसानलाई रोपाइँ गर्न आग्रह

काठमाडौं । आर्थिक संकटबाट गुज्रिइरहेको श्रीलंकाले किसानलाई रोपाइँ गर्न आग्रह गरेको छ ।

श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले देशमा खाद्य संकट पनि निम्तिन लागेको भन्दै किसानलाई धान रोप्न आग्रह गरेका हुन् ।

श्रीलंकामा अहिले रोपाइँको समय हो । प्रधानमन्त्री रनिल विक्रमसिंघेले अगस्टदेखि देशमा खाद्य संकट पनि निम्तिने घोषणा गरिसकेका छन् । त्यसैले श्रीलंकाले धेरै भन्दा धेरै खाद्यान्न उत्पादन गर्न चाहेको छ ।

श्रीलंकाले संकट समाधानका लागि भन्दै दक्षिण एशियाली खाद्य बैंकसँग पनि सहयोग मागेको छ । खाद्य बैंकले चामल तथा अन्य आवश्यक खाद्यान्न उपलब्ध गराउँछ ।

२ करोड २० लाख जनसंख्या भएको टापु राष्ट्र श्रीलंका सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ ।