काठमाडौं । बिहीबारदेखि काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जानकारी दिएको हो । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाएको छ ।
पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोडर्ना खोप र १२ वर्षदेखि १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ ।