Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकाको टेक्सास राज्यमा बन्धुकधारीको आक्रमण, १४ जना बालबालिकासहित १८ जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा बन्धुकधारीको आक्रमण, १४ जना बालबालिकासहित १८ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा भएको बन्दुक आक्रमणमा १४ जना बालबालिकासहित १८ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युभाल्ड़ीस्थित रोब प्राथमिक विद्यालयमा उक्त आक्रमण भएको हो। विद्यालयमा दुईदेखि चार कक्षासम्मको पढाइ हुन्छ। यसैबीच आक्रमणकारी १८ वर्षिय साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ।

बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ। तर, उनी भने बाँच्न सफल भएकी छिन्।

यसैबीच यस घटनालाई लिएर अमेरिकामा तिब्र रोष प्रकट गरिएको छ।