Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारी वर्षासहित आएको आँधीले भारतीय पूर्वी राज्य बिहारमा ३३ जनाको मृत्यु

भारी वर्षासहित आएको आँधीले भारतीय पूर्वी राज्य बिहारमा ३३ जनाको मृत्यु

काठमाडौं । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले भारतीय पूर्वी राज्य बिहारमा ३३ जनाको ज्यान गएको छ।

यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ। सो आँधीले सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ। भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरुलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ।

साथै मुख्यमन्त्रीको कार्यालयले उक्त आँधीमा परेर ज्यान गुमाएका व्यक्तिहरुका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहयता दिने घोषणा पनि गरेको जनाइएको छ।