Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दिल्लीमा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

दिल्लीमा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौं । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ ।

हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताएका छन् ।

आगलागीमा परि १२ जना घाइते भएका छन् ।

घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ ।