Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यूएईका राष्ट्रपतिको ७३ वर्षको उमेरमा निधन,तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने

यूएईका राष्ट्रपतिको ७३ वर्षको उमेरमा निधन,तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने

काठमाडौँ । संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा आज निधन भएको छ ।

यूएईको एक प्रान्त आबुधाबीका शासक पनि रहेका राष्ट्रपति खलिफाको निधनमा ४० दिनसम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ ।

यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।