Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज दुई जिल्लामा मात्रै भेटिए कोरोना संक्रमित

आज दुई जिल्लामा मात्रै भेटिए कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको हो । झापा र काठमाडौंमा मात्रै कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३ र झापामा १ जनामा संक्रमण भेटिएको हो ।

थप १८ जना निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ७३ जनामा झरेको छ ।

यही अवधिमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । यसैबीच पछिल्लो २४ घण्टामा २१ हजार एक सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।