काठमाडौँ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखका दिन हुने स्थानीय तहको निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएकी हुन्।
उनले स्वास्थ्यकर्मीले पनि मतदान गर्नुपर्ने भएकोले सो दिन नियमित खोप केन्द्र, खोप अभियान भेने संचालन नहुने समेत जानकारी दिइन।