Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

काठमाडौँ । श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ ।

गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उहाँलाई पक्राउ गर्न निवेदन दिएका छन् । शान्त प्रदर्शनका क्रममा राजपाक्षे समर्थकले आक्रमण गरेका खबरमा उल्लेख छ ।

अदालतले यस्तो अवस्थामा राजपाक्षे र उनका सहयोगीले देश छाड्न नपाउने आदेश दिएको हो ।

श्रीलङ्काका वकिलहरूको एक समूहले पनि राजपाक्षेलाई पक्राउ गर्न माग गरेर प्रहरी मुख्यालयमा उजुरी दिएका छन् । देशमा बढ्दो आर्थिक सङ्कट र प्रदर्शनका कारण महिन्दा राजपाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । तर विरोधीले उनको घरमा आक्रमण गर्दै आगजनी गरेपछि उनी सेनाको हेलिकप्टरमार्फत भागेर सैन्य शिविरमा बसेका छन् ।