Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायली फौजद्वारा अल जजिरा टिभीकी पत्रकार शिरिनको गोली हानी हत्या

इजरायली फौजद्वारा अल जजिरा टिभीकी पत्रकार शिरिनको गोली हानी हत्या

काठमाडौँ । अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको छ ।

वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलनको क्रममा रहेकी पत्रकार शिरिनलाई इजरायली फौजले गोली हानी हत्या गरेको हो ।

प्रेसको पहिचान खुल्ने ज्याकेट लगाएर रिपोर्टिङ गरिरहेको अवस्थामा पत्रकार शिरिनमाथि गोली प्रहार भएको अल जजिराले जनाएको छ । इजरायली सेनाको आक्रमणबाट अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते छन् ।

अल जजिराले विज्ञप्ति निकालेर हत्याको घटनाप्रति आपत्ति जनाउँदै इजरायली सेनालाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।