Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चुलिँदै गएको संकट सामना गर्न श्रीलंकाली राष्ट्रपति राजापाक्षेको अपिल

चुलिँदै गएको संकट सामना गर्न श्रीलंकाली राष्ट्रपति राजापाक्षेको अपिल

काठमाडौं । राष्ट्रपति गोतावय राजापाक्षले श्रीलंकामा चुलिँदै गएको आर्थिक संकट सामना गर्न सबै जनता एकजुट हुनुपर्ने बताएका छन्।

राष्ट्रपति राजापाक्षेले सामाजिक सञ्जाल ट्विटरमा यो समय श्रीलंकाले सामना गरिरहेका आर्थिक, सामाजिक र राजनीतिक चुनौतीहरू पार गर्न श्रीलंकालीहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।

ुकेही समूहले साँघुरो मानसिकता बोकेर श्रीलंकामा विनाशकारी दबाब ल्याउने प्रयास गरिरहेको उनको भनाई छ । यस समूहहरूको प्रयासलाई विफल पार्नमा जोड दिन आग्रह गर्दछुु, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

श्रीलंकामा आर्थिक संकटले इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभावका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकाली नागरिक राजपाक्षे परिवारविरुद्ध प्रदर्शन गरिरहेका छन्। यसैबीच, राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका थिए।

प्रदर्शनकारीले राजापाक्षेको घरसहित सत्तारूढ दलका नेताका घरलाई निशाना बनाएर आगजनी गरेका छन्।