Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुसले युक्रेनको विद्यालयमा बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका

रुसले युक्रेनको विद्यालयमा बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका

काठमाडौं । पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रहेको एक विद्यालयलाई निशाना बनाइ रुसी फौजले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले जनाए अनुसार विद्यालयमा रुसी फौजले बम खसाल्दा विद्यालय भवन ध्वस्त भएको छ । हाल विद्यालयको भग्नावशेषमा दुई जनाको शव फेला परेको र उद्धारको कार्यलाई तीव्रता दिइएको बताइएको छ ।

ध्वस्त भवनको भग्नावशेषबाट ३० सर्वसाधारणलाई बाहिर निकालिएको समेत उनले जानकारी दिए । उद्धार गरिएकामध्ये ७ जना घाइते छन् । सामाजिक सञ्जाल टेलिग्राममा सन्देश सार्वजनिक गर्दै उनले बताएअनुसार लुहान्स्क क्षेत्रको बिलोहोरिभ्का गाउँमा रहेको सो विद्यालय भवनमा ९० सर्वसाधारणले शरण लिएका थिए ।