काठमाडौं । हामी मध्ये धेरैललाई थाह नहुन पनि सक्छ विशेषतः ब्राह्मणहरूले प्याज र लसुन किन खादैन्न होला ? ब्राह्मण भन्ने बित्तिकै धर्म कर्म गर्ने जाती भन्ने जो कोहिले पनि सजिलै अनुमान लगाउन सक्छ । धार्मिक मान्यताका कारण मात्रै होईन विशेषगरी ब्राह्मणहरू लसुन प्याज नखानुका वैज्ञानिक कारण पनि छन् ।
आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ । जसमा सात्विक, राजसिक र तामसिक पर्दछन् । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छ भन्ने मान्यता छ ।
प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । यसले कामोत्तेजना बढाउँछ । ब्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकि उनीहरू देवताको पूजा गर्छन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ ।
सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त भावनामध्ये सबभन्दा खराब भावना पैदा गर्छन् । उत्तेजना र अज्ञानतालाई वृद्धि गर्ने यस्ता खानेकुराले आध्यात्मिक मार्गमा हिँड्न दिँदैनन् र व्यक्तिको चेतनामा नकारात्त्मक प्रभाव पार्छन् ।ध्यान र भक्तिमा लाग्ने व्यक्तिले लसुन प्याज खानै हुँदैन ।
यस्तै वैज्ञानिक कारण हेर्ने हो भने काँचो लसुनमा बोटुलिजम ब्याक्टेरियाहुन्छ । जसले स्वास्थ्यलाई हानि निकै हानी पुर्याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा खराब भनेका छन् ।
लसुन र प्याजले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गर्छन् । आयुर्वेदले पनि यौनशक्तिमा वृद्धिका लागि लसुन प्याज खान सिफारिस गरेको छ । त्यसैले अध्यात्ममा लागेका ब्राह्मणले लसुन प्याज खानु उचित हुँदैन ।