काठमाडौँ ।भारतमा पछिल्लो २४ घन्टामा ३ हजार ३ सय २४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४० जनाको मृत्यु भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही समयमा २ हजार ८ सय ७६ जना संक्रमण मुक्त भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म ४ करोड ३० लाखभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण भइसकेको छ । अहिले भारतमा १९ हजार ९२ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा पाँच लाखभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।