काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२७ सय ७१ जनाको परिक्षणमा आज पीसीआरबाट १३ जना र एन्टीजेन विधिबाट १ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज १९ जना संक्रमित निको भएका छन् । देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ।
२४ घण्टामा २ लाख ९ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या २४३ रहेको मन्त्रालयले जनाएको छ।