Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गर्भवती र यस्ता समस्या भएका बिरामीले भुलेर पनि खानु हुदैन मेवा

गर्भवती र यस्ता समस्या भएका बिरामीले भुलेर पनि खानु हुदैन मेवा

काठमाडौं । मेवा स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले भरिपूर्ण मेवा शरीरको लागि निकै फाइदाजनक मानिन्छ ।

मेवाले सबै अवस्थामा फाइदा गर्दैन, बेफाइदा पनि गर्छ । आयुर्वेदका अनुसार केही विशेष अवस्थामा मेवाको सेवनले शरीरलाई फाइदा गर्नुको सट्टा उल्टै हानी पु¥याउन सक्छ । आज हामी तपाँईलाई मेवा कस्तो अवस्थामा खाने र कस्तो अवस्थामा नखाने त्यस विषयमा जानकारी दिने छौँ ।

१. गर्भवतीले मेवा खानु हुदैन

विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुन्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ । खासगरी, मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ ।

२.स्तनपान गराउने महिलाले खानु हदैन

गर्भावस्थामा त मेवाको सेवन गर्नै हुँदैन । सुत्केरी महिलाहरुलाई पनि स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ ।

३. एलर्जीको सम्भावना

केरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा कहिल्यै खानु हुँदैन । किनकी मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ ।

४.उच्च रक्तचापको औषधीसित खानु खतरनाक

मेवाले शुगरको स्तर कम गर्छ । त्यसैले, न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन ।

५. मिर्गौलाको पथ्थरी

विभिन्न अध्ययनहरुले जनाए अनुसार अत्याधिक मात्रामा भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ । र, मेवामा भिटामिन ‘सी’अत्याधिक मात्रामा हुने भएकोले यसको सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ ।

६.मुटु सम्बन्धि समस्या

मुटु सम्बन्धि समस्या भएका व्यक्तिले पनि मेवा खानु हुदैन ।

७.घाँटीको समस्या

दिनभरमा एक कप भन्दा बढी मेवा खानु हुँदैन । अन्यथा यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।

यस्तै मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ । प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ । मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ ।यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ । साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन् । काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ । मेवाका फाईदाहरु :

१. छालामा मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ ।

२. कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

३. चाउरीमा मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ ।

४. पेटको समस्यामा मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ ।

५. कन्स्टिपेसनमा मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।

६ मलद्वारसंबन्धी समस्यामा मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ ।

७. तौल घटाउन उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।

८. हाडजोर्नी जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पु¥याउछ ।

९.यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

१०. कलेजोको क्यान्सरमा यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ ।