Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

युक्रेनसँगको वार्ता अघि बढाउन रुस सहमत

युक्रेनसँगको वार्ता अघि बढाउन रुस सहमत

काठमाडौं । रुस युक्रेनसँगको वार्ता अघि बढाउन सहमत भएको छ।

युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन् । रुस भ्रमणमा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँग फेरि वार्ता अघि बढाउने बारेमा सहमति भएको बताएका हुन् ।

युक्रेनसँगको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनको भनाई छ । उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटकपटक वार्ता पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दाबी गरे।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि पनि पटक–पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन्।