काठमाडौँ । आसन्न पालिका चुनावको लागि टिकट बाँडफाँटको विषयमा असन्तुष्ट कांग्रेस कार्यकर्ताले नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरेका छन् ।
टिकट बाँडफाँटको विषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् । मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुङ्गो नलगाएको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
विवाद चर्किँदै गएपछि हालसम्म कांग्रेसले पाँचथरका कुनै पनि पालिकामा उम्मेदवार तय गर्न सकेको छैन् । उनीहरुले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।