Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

किन जादै छन् सात वर्षपछि प्रचण्ड रोल्पा ?

किन जादै छन् सात वर्षपछि प्रचण्ड रोल्पा ?

काठमाडौं, १४ चैत । जनयुद्ध स्मृति टावर (भ्यू टावर)को उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन्। उनी सात वर्ष पछि रोल्पा पुग्न लागेका हुन् ।युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन्।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ।करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए। यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।