Shares
Shares
पछिल्लो एक हप्ता यता नेपालमा लगातार कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । पुस १८ गते २१६ जना नयाँ संक्रमित थपिएका थिए। त्यसयता दैनिक रुपमा नयाँ संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
पछिल्लो सयम छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको र त्यसको असर नेपालमा पनि देखिन थालेको विज्ञहरुले बताएका छन्। भारतमा पछिल्ला दिनमा हरेक दिन संक्रमितको संख्या ह्वात्तै बढेको देखिएको छ।
नेपालमा शुक्रबार ९६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। बिहीबारको तुलनामा यो संख्या दोब्बरले बढेको देखिएको छ।
दोस्रो लरहमा पनि भारतमा संक्रमण फैलिएको केही समय पछि नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेको देखिएको थियो।
पछिल्लो तथ्याङ्क हेर्दा समुदायमा साँच्चै संक्रमण फैलिएको हो वा ओमिक्रोन भेरियन्टको त्रासका कारण परीक्षण गर्न आउनेहरुको संख्या बढेको हो भन्ने कुरा प्रष्ट नभएको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।
उनले भने, ‘तथ्याङ्क हेर्ने हो भने ओमिक्रोन बढ्दो क्रममा रहेछ। समुदायमा गइरहेको संकेत त्यसले दिइरहेको छ। तर संक्रमण फहिले देखिनै समुदायमा थियो वा अहिले बढेको हो प्रस्ट छैन।’
यही हिसाबले रह्यो भने संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना धेरै देखिएको उनी बताउँछन्।
तर नेपालमा तत्काल संक्रमण फैलिने सम्भावना कम रहेको बताउँछन्, डा. बाबुराम मरासिनी।
‘दोस्रो लहरमा भारतमा संक्रमण देखिए लगत्तै नेपालमा संक्रमण देखिएको थिएन। भारतमा संक्रमण फैलिएको केही समय पछि मात्रै नेपालमा संक्रमण फैलिएको थियो। यो हिसाबले हेर्दा अहिले नै नेपालमा प्राकोप नफैलिन सक्छ’, उनले भने, ‘तर नेपालको सन्र्दभमा होली पछि संक्रमणको प्रकोप फैलिन सम्भावना धेरै देखिएको छ।’
नेपलमा संक्रमितको स.ख्या बढ्दै जाँदा परीक्षण कहाँ र कसरी गरिएको हो भन्ने कुरा महत्वपूर्ण हुने उनी बताउँछन्।
उनले भने, ‘आजको तथ्याङ्क हेर्ने हो भने यो नेपाल भित्र गरिएको परीक्षण हो वा नाकाहरुमा गरिएको हो भन्ने कुरा महत्वपूर्ण रहन्छ। इपिडिमियोलोजीकल एनलाइसिस अनुसार भारतबाट आएकाहरुलाई नाकामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो भने त्यसलाई नेपाल भित्रको केश भन्न मिल्दैन।’
डा. मरासिनीका अनुसार त्यसरी पोजेटिभ देखिएकोलाई आयातित केश भनिन्छ।
‘यही केश नेपाल भित्र देखिएको हो भने यो गम्भीर कुरा हो। नाकाहरुमा परीक्षण गर्दा ४–५ सय जनाका पोजेटिभ देखिएर सिमाना र देशभित्रको जोड्दा त्याति आएको हो भने त्यही अनुसारको विशलेषण गर्नु पर्छ’, उनले भने, ‘भारतबाट आएकाहरुमा धेरै संक्रमण पुष्टि भएको हो भने उनीहरुबा संक्रमण फैलिने सम्भावना कम हुन्छ। किनभने उनीहरुलाई क्वारेन्टिन तथा आइसोलेशनमा राखिएको छ। उनीहरुलाई त्यसरी राख्दा त्रास कम गर्छ।’
भारतमा जस्तो नेपालमा तत्कालै संक्रमण व्यापक रुपमा फैलिने सम्भावना कम रहेको उनले बताए।
‘अस्पतालहरुमा बिरामीको चाप बढेसँगै आइसीयू भेन्टिलेटर भर्ना हुनेको संख्या बढेपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्न सकिन्छ’, उनले भने।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209