Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खोप लगाएमा ओमिक्रोनको जोखिम बढ्न सक्ने चेतावानी

खोप लगाएमा ओमिक्रोनको जोखिम बढ्न सक्ने चेतावानी

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले चेतावानी दिएका छन्।

हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्।

यस्तो अवस्थामा खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिसले ओमिक्रोनको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरी सजगता अपनाउनुुपर्ने चिकित्सकहरुले बताएको आजको नागरिक दैनिकमा खवर छ ।

यस्तै, भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ भने पछिल्लो २४ घन्टामा ५ सय ३४ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कफ्र्युलगायतका प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ । भारतमा २ हजार १ सय ३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६ सय ५३ जनामा नयाँ भेरियन्ट देखिएको हो ।

महाराष्ट्रपछि दिल्लीमा नयाँ भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४ सय ६४ जनामा ओमिक्रोन देखिएको छ ।

त्यस्तै, दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा सप्ताहन्तमा कर्फ्यू घोषणा गरिएको हो । त्यस्तै, कर्नाटकमा मंगलबार एकैदिन २ हजार ५३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १ सय ४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यु भने यथावत् नै छ । कफ्र्युको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ ।

यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रिकालीन कफ्र्यु लगाइएको थियो । तर, संक्रमण झन् बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहन्तमा कफ्र्यु लगाइने घोषणा गरेको थियो ।