Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा ओमिक्रोनको खतरनाक गति,एकदिनमा भेटिए यति धेरै संक्रमित

भारतमा ओमिक्रोनको खतरनाक गति,एकदिनमा भेटिए यति धेरै संक्रमित

काठमाडौं, भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या बढेर ६७० पुगेको छ । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोन पुगेको छ । दुबै राज्यमा हिजो एक–एक संक्रमित भेटिए । ओमिक्रोन हालसम्म २० राज्य/केन्द्र शासित प्रदेशमा फैलिएको छ ।

दिल्लीमा अघिल्लो दिन ओमिक्रोनको सर्वाधिक ६३ संक्रमित भेटिएका छन् । यसबाहेक महाराष्ट्रमा २६, गुजरातमा २४, तेलंगानामा १२, राजस्थानमा ३, उत्तराखण्डमा ३ र हरियाणामा २ नयाँ संक्रमित भेटिएका छन् ।

यो पनि, सरकारले देशभरका सबै मेडिकल कलेज र ५० शैय्याभन्दा बढी क्षमता भएका निजी अस्पतालमा पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने व्यवस्था गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार इच्छुक मेडिकल कलेज र निजी अस्पताललाई सम्पर्कमा आउन आह्वान गरेको छ।

मन्त्रालयद्वारा जारी एक विज्ञप्तिअनुसार खोपको उपलब्धताअनुसार उनीहरुले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउन पाउने छन्।

जिल्ला स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा बढी उमेरका मानिसलाई उनिहरुले खोप लगाउन सक्नेछन्।

सरकारले सरकारी अस्पताल तथा केन्द्रहरुमा खोप निशुल्क गरे पनि सेवाग्राहीहरु पर्याप्त नहुँदा खोपको खपत हुन सकेको छैन।