काठमाडौं, कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने समस्याहरु जस्तै हुन्छ । यस्ता लक्षणहरुलाई समयमा नै चिनेर यसबाट बच्न सकिन्छ ।
ओमिक्रोनको दुई लक्षण
ओमिक्रोनको विषयमा विभिन्न अध्ययन भइरहेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा फरक छ । अलग–अलग भेरियन्टमा अलग–अलग लक्षण देखिन्छ । ओमिक्रोनको लक्षण चिसो लागेको समयमा देखिने जस्तै लक्षणहरु देखिन्छन् । जस्तै, सामान्य ज्वरो, रुघाखोकी, हल्का टाउको दुख्नुका साथै थकान । यो लक्षणहरु विस्तारै बढ्दै जाने भएकाले यसलाई समयमा नै चिन्न सक्नुपर्छ ।
यो पनि पढनुहोस
पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ ।
दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।
गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्रि सेल्सियस रहेको छ ।
अबका दिनमा मौसम फेरबदल भइरहने छ । अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
“अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “अधिकतम तापक्रम एक÷दुई डिग्रि सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन” अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ ।
उहाँका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उच्च पहाडी भेगमा हल्का हिमपात र एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ । महाशाखाको विवरणमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।
प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।